Site Announcements




Register and Login to Sanjaal Board to get access to exclusive contents including guitar tabs, high quality arts, glamor and photography pictures. New Users will be manually validated against spam database and potential advertisers. So this might cause your account activation to delay from a couple of days to few weeks. If you have Nepali/Indian/Pakistani/Bangladeshi names in your username, the user activation will be quicker. SPAMMERS WILL BE DELETED WITH NO MERCY

Private ISPs in Nepal Get Higher Internet Speed Than NTC

Private ISPs in Nepal Get Higher Internet Speed Than NTC

Postby rumblefish » Sun Nov 27, 2011 7:03 pm



काठमाडौं, मंसिर १० (नागरिक) - गुगलले नेपालमा सर्भर राखेपछि निजी इन्टरनेट सेवा प्रदायकका उपभोक्ताले बढी स्पिड पाएका छन्। सर्भर राख्ने टेलिकमले भने ग्राहकलाई पहिलेको भन्दा व्याण्डविथ (स्पिड) दिएको छैन। गुगलको सर्भर
राखेपछि जिमेल, युटुब लगायत गुगलका सेवाहरु पहिलेभन्दा छिटो चल्न थालेका छन्।
क्याचे (सहायक) सर्भर यही राखेकोले पहिले यहाँदेखि अमेरिकाको सर्भरसम्म पुग्दा खर्च हुने व्याण्डविथ अहिले वचत भएको छ। व्याण्डविथ वचत भएपछि यहाँका दूरसञ्चार र इन्टरनेट कम्पनीले तिर्ने लाखौं रुपैयाँ समेत बचत भएको छ।
यो सर्भर राखेपछि गुगलका जतिपनि सेवाहरु छन् ती सबै स्थानीय सरह भएका छन्। गुगलका सेवा प्रयोग गर्न अमेरिकासम्मको व्याण्डविथ प्रयोग गर्नुपर्दैन। यसबाट पहिलेभन्दा छिटो इन्टरनेट चलाउन सकिने भएको हो।
'गुगल सर्भरबाट यससँग संबन्धित विषयहरु यहीबाट चल्ने भएकाले इन्टरनेट पहिलेभन्दा छिटो भएको हो,' इन्टरनेट सेवा प्रदायक संघ (आइस्पान) का अध्यक्ष विनय बोहोराले भने। पहिलेजस्तो अमेरिकासम्म पुग्ने व्याण्डविथ खर्च नहुने भएपछि निजी क्षेत्रका इन्टरनेट सेवा प्रदायक (आइएसपी) ले गुगलको लागि ग्राहकले लिएको भन्दा पनि बढी स्पिड दिएका छन्।
'मैले १२८ केबिपिएस व्याण्डविथ ग्राहक बन्नेलाई गुगल, युटुबका लागि ५१२ केबिपिएसको स्पिड दिएका छौं,' भायानेटका प्रमुख कार्यकारी अधिकृत समेत रहेका बोहोराले भने।
टेलिकमका एक अधिकारीले दिएको जानकारी अनुसार सर्भरबाट निजी आइएसपीका उपभोक्ताले बढी स्पिड पाइरहेका छन्। टेलिकमले भने व्याण्डविथमा कन्ट्रोल गरेको छ। 'सर्भरमा एकै पटक ठूलो चाप पर्न नदिन हामीले व्याण्डविथ कन्ट्रोल गरेका छौं,' टेलिकम स्रोतले भन्यो।
थप खर्च नपर्ने भएपछि गुगलका लागि निजी आइएसपीले आन्तरिक व्याण्डविथ प्रयोग खुकुलो पारेका छन्। आन्तरिक व्याण्डविथ खुकुलो हुँदा नेपालभित्रै ग्राहकले आफूले लिइरहेको स्पिडभन्दा दोब्बर-तेब्बर स्पिडमा चलाउन सक्छन्।
'गुगलको सर्भरले नेपालबाट बिदेशिने डलर केही रोकिएको छ,' पहिलो केबुल इन्टरनेट सेवा प्रदायक सुविसुका प्रमुख कार्यकारी अधिकृत सुधीर पराजुलीले भने। गुगल क्याचे सर्भरबाट इन्टरनेट ग्राहकले पहिलेभन्दा छिटो युटुब भिडियो हेर्न र अपलोड समेत गर्न सक्ने भएका छन्।
टेलिकमलेनै गुगलसँगको सहकार्यमा सर्भर राखेपनि सबैभन्दा बढी चलेको एडिएसएलमै पहिलेभन्दा बढी स्पिड दिएको छैन। त्यस्तै वाइफाइ, ताररहित इन्टरनेट सेवामा भने व्याण्डविथ बढाउन नसकिने भएपछि ती सेवा प्रदायकले दिएका छैनन्।
'गुगलले क्याचे सर्भरमा जे जे सूचना राखेको छ त्यो सबै स्थानीय सरह हुने भएकोले ग्राहकले पहिलेभन्दा सजिलोसँग र बढी स्पिडमा चलाउन पाएका हुन्,' पराजुलीले भने।
सर्भरले गर्दा नेपाली आइएसपीहरु ३० प्रतिशतसम्म खर्च घटेको छ। 'मैले अन्तर्राष्ट्रिय व्याण्डविथको लागि तिर्दै आएको रकममा २० लाख रुपैयाँसम्म घटेको छ,' ब्रोडलिङ्कका प्रमुख कार्यकारी अधिकृत बिनोद तिमिल्सनाले भने। पहिलेजस्तो भिडियो हेर्न र डाउनलोड गर्नको लागि अब इन्टरनेट वफरिङ (विस्तारै चल्ने) नभै आवश्यकता अनुसार खुल्दैजान्छ।
गुगलको सर्भर नेपालमै भएपछि अहिले जिमेल लगायत गुगलका सर्च साइट, समाचारको लागि अमेरिकासम्म पुग्नुपर्दैन। जिमेल अहिले संसारभरि सबैभन्दा बढीले भिजिट गर्ने साइट हो। बिभिन्न वेवसाइटको गणना गर्ने एलेक्साका अनुसार जिमेल नम्बर १ को भिजिटर साइट हो।
यस अघि टेलिकमले अकामाईको सर्भर समेत नेपालमा राखिसकेको छ। यो सर्भरले गर्दा याहु, माइक्रोसफ्टका सेवाहरु प्रयोग गर्न अमेरिकासम्मको व्याण्डविथ खपत हुन रोकिएको छ।
नेपालमै सर्भर राखेपछि टेलिकमको खर्च समेत कम भएको छ। इन्टरनेटमा स्थानीय विषयवस्तुहरु नहुनु र सर्भर समेत विदेशमै रहँदा इन्टरनेट सेवा प्रदायकहरुले व्याण्डविथ खर्च बढी तिर्नुपरिरहेको छ। सर्भर नेपालमा राखेपछि एक जिबी व्याण्डविथ वचत हुँदा बार्षिक दुईलाख डलर खर्च टेलिकमको वचत हुन्छ छ।
अहिले टेलिकमको अनलिमिटेड इन्टरनेट सेवा प्रयोग गर्ने ग्राहकले फेसबुक, जिमेल लगायतका साइटहरु साइन इन गरेर बस्दा व्याण्डविथ खर्च बढेको छ। यही खर्चलाई घटाउन टेलिकमले जिमेलसँग सहकार्य गरेर सर्भर राखेको हो।
'गुगलको सर्भर यहाँ राखेपछि अहिले इन्टरनेटको व्याण्डविथ खपत घटेको छ,' सूचना प्रविधि निर्देशनालयकै अर्का एक अधिकारीले भने। पहिले टेलिकमले लिएको चार जिबी व्याण्डविथ पुरै प्याक हुनेगरेकोमा यही सर्भर राखेपछि एक जिबी खपत कम भएको छ।
टेलिकमले गुगलको सर्भर यहाँ सञ्चालन गर्न सिंगापुरसम्म लिज्डलाइन जोडेको छ। पाँच महिनासम्मको निरन्तर प्रयासपछि गुगलले गत भदौ अन्तिम साताबाट नेपालमा राखेको क्याचे सर्भरले काम गर्न सुरु गरेको हो।
सन् १९९८ मा स्थापना भएको गुगलले अमेरिकी सेयर बजार नास्डाकमा सूचिकृत कम्पनी हो। सन् २०१० मा यसको आम्दानी २९ अर्ब ३२ करोड डलर थियो। त्यसवर्ष सबै खर्च कटाएर गुगलले ८ अर्ब ५० करोड नाफा गरेको थियो।
इन्टरनेटमा आधारित सर्चिङ, वेव होस्टिङ, समाचार, विज्ञापन, इमेल लगायतका सेवा सञ्चालन गुगलले गरिरहेको छ। यसको मुख्य कार्यालय अमेरिकाको क्यालिफोर्नियामा छ।
गुगलका युटूब, गुगल भ्वाइस, एड मोबाइल लगायत आधा दर्जन सहायक कम्पनी समेत सञ्चालन गरेको छ।
नेपालमा सर्भर राख्न लाग्ने खर्च गुगललेनै व्यहोरेको थियो। टेलिकम घरायसी इन्टरनेट सेवा तर्फ सबैभन्दा ठूलो सेवा प्रदायक भएकोले गुगलले सहकार्य गरेको हो। टेलिकमको जावलाखेल स्थित कार्यालयमा गुगलको सर्भर राखिएपनि टेलिकमले भन्दा यसको फाइदा निजी आइएसपी र तिनका ग्राहकले पाएका छन्।

Sanjaal.com is owned and maintained by Sanjaal Corps, Nepal. The company offers Webhosting and Domain Registration Services, IT Solutions and Business Analysis. Sanjaal.com website features H1B Visa Information, Entertainment Portal, Link Directory Service, Free Articles, Free Open Source Tutorials on Java and J2EE Platform, Digital Photography, High Resolution Picture Gallery and Free Reliable Image Hosting Services. Future plan includes Open Source Software Development Portal, Technical Solutions and Customizable Movie and Music Arena. We would be introducing data backup, data recovery, data hosting and voip solutions. Stay free from phishing - our website does not ask for your credit card and banking information. Happy Surfing!
rumblefish
Sanjaal Extremist
 
Posts: 1070
Joined: Sun Apr 12, 2009 10:21 pm


Similar topics


Return to News From And About Nepal

Who is online

Users browsing this forum: No registered users and 1 guest

cron