by rumblefish » Wed Oct 12, 2011 6:14 pm
एनआरएन सम्मेलनमा करोडौंको खर्च, सून्य काम
२३ असोज, काठमाडौं । निकै ठूला तामझामका साथ गैरआबासीय नेपालीहरुको पाँचौ विश्व सम्मेलन बुधबारबाट काठमाडौंमा सुरु भएको छ । तारे होटल र महंगा हलमा हुने यस्ता कार्यक्रम, खानपान र भोजको खर्च करोडौं हुने गर्छ जसमा गरिव नेपाली जनताले तिरेको करको पैसा पनि परेको हुन्छ ।
‘चौथो सम्मेलनको खर्च ९० लाख जति थियो’ एनआरएनका वर्तमान कोषध्यक्ष रामेश्वर शाहले अनलाइखबरसँग भन्नुभयो-’यस पटक यो खर्च एक करोड नाघ्ने देखिएको छ । यसमा सम्मेलनमा सहभागी हुन आउनेहरुको आतेजाते, बसोबास, खानपिन, तथा उम्मेदवारहरुले आफ्नो पक्षमा मत जुटाउन गर्ने खर्चको कुनै हिसाव किताब छैन । प्रकेत २-२ वर्षमा हुने सम्मेलनमा हुने करोडौं खर्च कहाँबाट आउँछ त ?
एनआरएनका वर्तमान कोषाध्यक्ष शाहका अुनसार एनआरएनको रजिष्टर मेम्बरका लागि खाडी मुलुकमा ५० र अन्य देशमा एक सय अमेरिकी डलर शुल्क लिइन्छ । यसैगरी सम्मेलनको आयोजक बनेबापत सरकरले हरेक सम्मेलनका लागि २५ लाख रुपैयाँ सहयोगस्वरुप दिने गरेको छ । अन्य खर्च सम्मेलनमा सहभागीहरु आफैंले गर्ने उहाँको भनाई छ ।
यसरी उठाइएको रकम नेपालका तारे होटलमा हुने कार्यक्रमको हल भाडा तिर्न, महंगो डिनर खान, बिदेशी मदिराको चुस्की लिन खर्च हुन्छ । बिभिन्न देशबाट प्रतिनिधित्व गरेर आएका करिव आठ सय गैरआवासीय नेपालीहरुले सम्मेलनमा सभागीता जनाइरहेका छन् ।
तर, करोडौं खर्च गरेर गरिने सम्मेलनमा जति ठूला ठूला कुरा भएपनि अहिलेसम्म ठोस काम हुन नसकेको धेरैको भनाई छ । पहिलो सम्मेलन लगतै घोषणा गरिएको एक सय मिलियन डलरको सामूहिक लगानी कोष अहिलेसम्म बन्न सकेको छैन् । नेपालमा अरवौं रुपैयाँ लगानी गर्ने एनआरएनहरुको घोषणा आठ वर्ष बितिसक्दा पनि प्रतिबद्धतामै सिमित छ । जसले गर्दा एनआरएनलाई गफ गर्ने तर काम नगर्नेहरुको झुण्डका रुपमा लिन थालिएको छ ।
तर, एनआरएनका कोषाध्यक्ष साह भने यसलाई मान्न तयार हुनुहुन्न । उहाँले भन्नुभयो-’सम्मेलनलाई पैसासँग मात्र जोडेर हेर्नु उपयुक्त हुँदैन । नेपालमा अहिलेसम्म भित्रिएको गैरआबासीय नेपालीको लगानी यसकै प्रतिफल हो ।’ उहाँका अनुसार बैंक, हाइड्रोपावर, अस्पताल लगायतका क्षेत्रमा गैरआबासीय नेपालीहरुको लगानी भइरहेको छ । एनआरएनको अहिलेसम्मको ठूलो देन भनेको विदेशबाट आउने पैसा -रेमिट्यान्स) भएको उनीहरु बताउँछन् । तर खाडी मुलुकमा श्रम गर्न गएर पैसा पठाउने नेपाली श्रमिकहरुले भने गैरआवासीय नेपालीहरुले अघि सार्दै आएका मागप्रति असहमति जनाउँदै आफुहरु प्रवासी नेपालीमात्र भएको तर एनआरएन नभएको बताउने गर्छन् ।
Sanjaal.com is owned and maintained by Sanjaal Corps, Nepal. The company offers Webhosting and Domain Registration Services, IT Solutions and Business Analysis. Sanjaal.com website features H1B Visa Information, Entertainment Portal, Link Directory Service, Free Articles, Free Open Source Tutorials on Java and J2EE Platform, Digital Photography, High Resolution Picture Gallery and Free Reliable Image Hosting Services. Future plan includes Open Source Software Development Portal, Technical Solutions and Customizable Movie and Music Arena. We would be introducing data backup, data recovery, data hosting and voip solutions. Stay free from phishing - our website does not ask for your credit card and banking information. Happy Surfing!