Site Announcements




Register and Login to Sanjaal Board to get access to exclusive contents including guitar tabs, high quality arts, glamor and photography pictures. New Users will be manually validated against spam database and potential advertisers. So this might cause your account activation to delay from a couple of days to few weeks. If you have Nepali/Indian/Pakistani/Bangladeshi names in your username, the user activation will be quicker. SPAMMERS WILL BE DELETED WITH NO MERCY

Death of Girija Prasad Koirala [03-20-2010]

Re: Death of Girija Prasad Koirala [03-20-2010]

Postby Pia » Sat Mar 20, 2010 1:14 pm

राष्ट्रपति डा. रामवरण यादवले निरंकुश र हत्याको राजनीतिलाई त्यागी शान्तिको बाटो अंगाल्न सबैसंग आग्रह गर्नुभएको छ । स्वर्गिय गिरिजाप्रसाद कोइरालाको पार्थिव शरीरमा शनिबार अन्तिम श्रद्धाञ्जलि अर्पण पछि राष्ट्रपति यादवले पत्रकारहरुसंग संक्षिप्त प्रतिक्रिया दिंदै कोइरालाले अवलम्वन गरेको शान्ति र सहकार्यको बाटो नै उपयुक्त भएको बताउनुभयो ।

कोइरालाले शान्ति र सहकार्यको बाटो अंगालेकाले नै निरंकुशतन्त्र र हतियारको राजनीति समाप्त पारेको उहाँको भनाई थियो । कोइरालाको योगदान नेपालको इतिहासमा अतुलनिय रहेको भन्दै राष्ट्रपति यादवले लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्दै वर्तमानस्थितिमा ल्याईपुर्‍याएको स्मरण गराउनुभयो ।

कोइरालाले अपनाएको शान्ति र सहमतिको बाटोलाई अंगाल्दै लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गरि शान्ति र नयां संविधान प्रक्रियालाई टुगोमा पुर्‍याउन सके उहाँ प्रति वास्तविक श्रद्धाञ्जली यादवको तर्क थियो ।

श्रद्धाञ्जलि दिनेको भिड

स्वर्गिय कोइरालाको पार्थिव शरीरमा अन्तिम श्रद्धाञ्जलि दिनेको ठूलो भिड लागेको छ । छोरी सुजाता कोइरालाको निवास मण्डिखाटारमा अन्तिम श्रद्धाञ्जलिका लागि शनिबार अपरान्ह साढे ३ बजेदेखि राखिएको पार्थिव शरीरमा राष्ट्रपतिसहित उपराष्ट्रपति, प्रधानमन्त्री, मन्त्रिपरिषदका सदस्य, कांग्रेस नेता कार्यकर्ता, वैदेशिक नियोगका प्रतिनिधी, शुभचिन्तक, सर्वसाधरण लगायतका ठूलो भिड लागेको छ ।

कोइरालाको पार्थिव शरीरलाई भोलि विहान ८ बजे सम्मका लागि अन्तिम श्रद्धाञ्जलिका लागि मण्डिखाटारमा राखिने छ । विहान ८ बजेपछि अन्तिम श्रद्धान्जलिका लागि उहाँका पार्थिव शरीरलाई दशरथरंगशालामा राखिने छ । २ बजेपछि शवयात्रा सहित कोइरालालाई पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने छ ।
Source: onlinekhabar.com/wp/2010/03/20/52497.html
Pia
 
Posts: 193
Joined: Mon Aug 10, 2009 9:53 pm

Re: Death of Girija Prasad Koirala [03-20-2010]

Postby Pia » Sat Mar 20, 2010 1:15 pm

भारतीय प्रधानमन्त्रीद्वारा कोइरालालाई श्रद्धाञ्जलि

पूर्व प्रधानमन्त्री एवं कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालाको निधनप्रति भारतले गहिरो दुःख व्यक्त गरेको छ । भारतीय प्रधानमन्त्री मनमोहन सिंहले शनिबार एक शोक वक्तव्य जारी गर्दै कोइरालाको सम्पूर्ण जीवन जनतामा समर्पण रहेको स्मरण गर्नुभएको छ ।

सिंहले शोक वक्तव्य जारी गर्दै कोइरालाले कुशलता एवं बुद्धिमता पूर्वक नेपाललाई सही मार्ग दिन सफल भएको उल्लेख गर्नुभएको छ ।

Pia
 
Posts: 193
Joined: Mon Aug 10, 2009 9:53 pm

Re: Death of Girija Prasad Koirala [03-20-2010]

Postby Pia » Sat Mar 20, 2010 1:16 pm

कोइरालाको निधनमा कांग्रेस स्तब्ध

नेपाली कांग्रेसले आफ्ना सभापति गिरिजाप्रसाद कोइरालाको निधनले पार्टीले मात्रै नभएर मुलुकले नै अभिभावकत्व गुमाएको बताएको छ ।

स्वर्गिय कोइरालाको पार्थिव शरीरमा अन्तिम श्रद्धान्जली दिन शनिबार अपरान्ह सुजाता निवास मण्डिखाटार पुगेका कांग्रेसका कार्यवाहक सभापति सुशील कोइरालाले गिरिजाबाबुको निधनले राष्ट्रलाई ठूलो क्षति पुगेको भन्दै उहाँको अधुरो सपना पुरा गर्नुनै वास्तविक श्रद्धाञ्जली हुने बताउनुभयो ।

अस्पतालको बेडमा मृत्यु शैयामा रहँदा समेत गिरिजाबाबुले मुलुकको शान्ति प्रक्रिया र संविधान निर्माणप्रति देखाउनु भएको चासोले उहाँ राष्ट्रपति कति धेरै गम्भिर हुनुहुन्थ्यो भन्ने प्रमाणित गरेको कोइरालाको भनाई थियो ।

प्रजातन्त्र र लोकतन्त्रका लागि कसै संग सम्झौता नगरेका गिरिजाबाबुको अधुरो सपना साकार पार्न सबैजना सहमति र सहकार्य गरि अघि बढ्नुको विकल्प नभएको बताउनुभयो ।

यस्तै कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले शान्ति र लोकतन्त्रका अगुवा स्वर्गिय कोइरालाको अधुरो सपना साकार पार्न सबै इमान्दारीका पूर्वक लाग्नु पर्ने बताउनुभयो ।

उहाँको अधुरो सपनालाई साकार पार्नका लागि आफ्नो पार्टी दृढ भएर लाग्ने भन्दै पौडेलले वार्ता, सहमति र सहकार्यमार्फत पूरा गराउन सबै लाग्नु पर्ने बताउनुभयो ।

विराटनगर पनि स्तब्ध

कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालाको निधनमा उहाँको गृह जिल्ला विराटनगर स्तब्ध बनेको छ ।

कोइरालाको निधनको खबर थाहा पाउने वित्तिकै गृह जिल्ला शोकमग्न बनेको हो ।

निधनपछि उहाँको निवासमा राखिएको तस्विरमा कांग्रेस नेता तथा कार्यकर्ता, शुभचिन्तक, जिल्लाबासीहरुले अन्तिम श्रद्धान्जली दिईरहेका छन् ।
Pia
 
Posts: 193
Joined: Mon Aug 10, 2009 9:53 pm

Previous


Similar topics


Return to News From And About Nepal

Who is online

Users browsing this forum: No registered users and 1 guest