Site Announcements




Register and Login to Sanjaal Board to get access to exclusive contents including guitar tabs, high quality arts, glamor and photography pictures. New Users will be manually validated against spam database and potential advertisers. So this might cause your account activation to delay from a couple of days to few weeks. If you have Nepali/Indian/Pakistani/Bangladeshi names in your username, the user activation will be quicker. SPAMMERS WILL BE DELETED WITH NO MERCY

New Chief Of Army Staff (COAS) - को हुन् छत्रमानसिंह गुरुङ?

New Chief Of Army Staff (COAS) - को हुन् छत्रमानसिंह गुरुङ?

Postby thepictureking » Sun Aug 09, 2009 9:02 am

काठमाडौँ, साउन २५ (नागरिक)-सरकारले आइतबार प्रधानसेनापति रुक्माङ्गत् कटवालको अवकाश स्वीकृत गर्ने निर्णय गरेपछि बलाधिकृत रथी छत्रमानसिंह गुरुङ कायममुकायम प्रधानसेनापति नियुक्त भएका छन्। रथी गुरुङ २०२८ सालमा सैनिक अधिकृत क्याडर्सको खुल्ला प्रतिस्पर्धाबाट सेवा प्रवेश गरेका थिए। रथी गुरुङले यसअघि नेपाली सेनाको तेस्रो मर्यादाक्रममा बलाधिकृत विभागजस्तो महत्त्वपूर्ण विभागीय प्रमुखको जिम्मेवारी निर्वाह गरेका थिए।

३७ वर्षदेखि सैनिक सेवामा समर्पित गुरुङको जन्म तनहुँ जिल्लाको पुलिभराङ गाउँमा एक साधारण परिवारमा भएको थियो। पिता इमानसिंह गुरुङ र माता ईमादेवी गुरुङको माहिला पुत्र गुरुङले त्रिभुवन विश्वविद्यालयबाट स्नातक तहसम्मको शैक्षिक उपाधि हासिल गरेका छन्।

गुरुङकी जीवन संगिनी नेपाल राष्ट्र बैंकको उपनिर्देशक पदमा कार्यरत छन्। उनले राजनीतिशास्त्रमा स्नातकोत्तर गरेका छन्। उनका दुई छोरामध्ये जेठा छोरा प्रतीक गुरुङले बेलायतबाट एमबीबीएस र एमआरसीएस गरेका छन्। त्यसैगरी कान्छा छोरा प्रवल गुरुङले ग्रिनविच विश्वविद्यालयबाट बीएस्सी गरेका छन्।

गुरुङका दाजु डम्बरमान सिंह गुरुङ ब्रिटिस गोरखा सेनाका अवकासप्राप्त क्याप्टेन हुन्। उनकी एक मात्र बहिनी कमला घले विजेश्वरी ज्ञान मन्दिर माविमा प्रिन्सिपल छन्। उनको बिहे नेपाली सेना कै उपरथी दमनबहादुर घलेसँग भएको हो। कान्छा भाइ निरमान सिंह गुरुङ पनि नेपाली सेनामा लेफ्टिनेन्ट कर्णेल छन्।

नेपाली सेनामा भर्ना भएपछि गुरुङले भारतको देहरादूनस्थित इन्डिया मिलिट्री एकेडेमीबाट २ वर्षे आधारभूत तालिम लिएका थिए। त्यसपछि युवा अधिकृत कोर्स गर्न उनी बेलायत गएका थिए। त्यहाँ पनि उनी उत्कृष्ट भएका थिए।

भारतको आर्मी वार कलेजमा सिनियर कमान्ड कोर्स, जुनियर कमान्ड कोर्स, हाइ एभरेज इन्स्ट्रकटर कोर्स, काउन्टर इन्सरजेन्सी एन्ड जंगल वारफेयर कोर्स जस्ता तालिममा उनी सहभागी भएका थिए। भारतकै मिजोरममा उनले क्वालिफाइड इन्सट्रक्टर कोर्स, बीएसडब्ल्यु कोर्स जस्ता तालिम लिएका छन्।

स्वदेशमा पनि उनले प्याराजम्प कोर्स, युद्धकला तथा प्रशासन, पहाडी युद्धकला, बटालियन कमान्डर कोर्सहरुमा प्रथम भएर पुरस्कार तथा सम्मान प्राप्त गरेका छन्।

रथी गुरुङले अमेरिकाबाट आर्मी कमान्ड र स्टाफ कलेज कोर्स पनि गरेका छन्। प्रधानसेनापति हुन चाहिने योग्यता मानिने नेसनल डिफेन्स कोर्स चीनबाट गरेका छन्।

गुल्म र गणपति हुँदा उनले आफू प्रमुख रहेको गुल्म र गणहरुलाई खेलकूद र सैनिक युद्धकलामा सँधै प्रथम बनाउन सफल भएका थिए। सहायक रथी रहँदा गुरुङले पदिक वाहिनी र स्पेसल अरेन्स ब्रिग्रेड कमान्डर भएर पनि नेतृत्व प्रदान गरिसकेका छन्।

सेनामा प्रायः प्रचार प्रसारमा आउन नचाहने र लो प्रोफाइलमा बस्न रुचाउने गुरुङले उपरथिका रुपमा द्वन्द्वकालमा सबैभन्दा संवेदनशील तथा महत्त्वपूर्ण मानिने मध्यपश्चिम पृतनापतिका रुपमा रहेका थिए।

गुरुङले सहायकरथीका रुपमा सैनिक तालिम निर्देशनालय, अनुसन्धान र विस्तार निर्देशनालय, प्रबन्ध रथी र बलाधिकृत विभागजस्तो महत्त्वपूर्ण विभागमा रहेर नेतृत्व दिइसकेका छन्।

रथी गुरुङले विदेश सेवाका क्षेत्रमा रहेर पनि पर्याप्त अनुभव आर्जन गरेका छन्। राष्ट्रसंघीय शान्ति सेना अन्तर्गत रहेर लेबनान, चीफ अफ स्टाफका रुपमा लेबनानमा रहेर पनि विश्व शान्ति प्रक्रियामा महत्त्वपूर्ण योगदान दिएका छन्। त्यसैगरी बेलायतमा चार वर्य सैनिक सहचारीको जिम्मेवारी पनि उनले सम्पादन गरिसकेका छन्।

नयाँ ठाउँ र पहाडी क्षेत्रमा पैदल यात्रा गर्न अभिरुचि राख्ने गुरुङ नियमित शारीरिक व्यायाम गर्ने गरछन्। हाल बागबजारमा बसोबास गरिरहेका गुरुङलाई मार्शल आर्ट खेल विशेष मन पर्छ। उनले राष्ट्रिय खेलकूद परिषद् र विश्व तेक्वान्दो महासंघबाट तेक्वान्डोमा ब्ल्याकबेल्टसमेत हासिल गरेका छन्।

Source: Nagarik News


DISCLAIM: THESE ARE NOT OUR PICTURES AND WE DO NOT HOLD COPY RIGHT TO THEM. THE CREDIT GOES TO THE ORIGINAL AUTHORS. THE IMAGES WERE OBTAINED FROM VARIOUS SOURCES OVER THE INTERNET AND ARE BELIEVED TO BE IN PUBLIC DOMAIN. IF YOU HOLD THE COPYRIGHT TO THESE PICTURES AND HAVE OBJECTIONS OF OUR USING THESE PICTURES IN OUR WEBSITE, PLEASE FEEL FREE TO CONTACT US VIA OUR CONTACT PAGE LOCATED AT OUR CONTACT US THREAD. PLEASE INCLUDE THE FULL LINKS FOR OUR FASTER RESPONSE.
thepictureking
 
Posts: 723
Joined: Mon May 25, 2009 12:02 pm


Similar topics


Return to News From And About Nepal

Who is online

Users browsing this forum: No registered users and 1 guest