by rabin1202006 » Sat Jun 09, 2012 11:29 pm
पहिरनका कारण अध्ययनप्रति विद्यार्थीको ध्यान केन्दि्रत हुन नसकेको भन्दै कलेजले छात्राहरूले लगाउने स्कर्टमा प्रतिबन्ध लगाउनुपर्ने तर्क गर्दै आएका छन् भने कतिपय निजी कलेजले त त्यसमा प्रतिबन्ध लगाइसकेका पनि छन्। सामान्यतया विद्यालयले तोकेको लम्बाइअनुसार पहिरन लगाए पनि उच्च शिक्षा हासिल गर्ने क्रममा छात्राहरूले आफ्नो इच्छाअनुसारकै पहिरन लगाएको पाइन्छ। यही सन्दर्भमा कतिपयबाट छात्राहरूको उमेर तथा हाइट बढ्दै जाँदा उनीहरूले लगाउने पहिरनको लम्बाइ घट्दै गएको भन्ने टिप्पणीसमेत सुन्न पाइन्छ। यसले एक किसिमको विकृति निम्त्याएको समाजको धारणा छ। विद्यार्थीहरूले कलेजको पहिरनअनुरूप कलेज छनोट गरेको पाइन्छ। यसका लागि व्यावसायिक दृष्टिकोणले संचालनमा आएका केही कलेजले पहिरनमा पनि विशेष ध्यान दिने गरेका छन्। स्कर्टमा लगाउन लागिएको प्रतिबन्धलाई विद्यार्थीले कुन रूपमा हेरेका छन् भन्ने विषयमा नारीले विभिन्न स्कुल तथा कलेजका किशोरीहरूसँग अन्तक्रिर्या गरेको थियोजहाँ सहभागीहरूले स्कर्टमा प्रतिबन्ध लगाउनुलाई व्यक्तिगत स्वतन्त्रताको हनन् बताएका थिए। ग्रेट वाल इन्टरनेसनल स्कुल शंखमूलकी १५ वषर्ीया छात्रा विनी कायस्थका अनुसार युवतीको पहिचान भनेकै स्कर्ट हो। यो लगाउन सजिलो पनि हुन्छ। गत वर्षकी एसएलसी टपर आकृति पाण्डेलेे कहिल्यै स्कर्ट लगाइनन् होला त ? स्कर्टकै कारण पढाइमा असर पर्छ भन्ने होइन। जुम्ला, हुम्लाजस्ता विकट तथा ग्रामीण क्षेत्रबाहेक अन्य जिल्लाहरूतिर पनि स्कुलमा लामो स्कर्ट नै लगाइन्छ। पढाइमा भन्दा फेसनमा बढी केन्दि्रत हुने विद्यार्थीलाई बरु विद्यालयबाटै निष्काशन गरिदिए हुन्छ तर स्कर्टमा प्रतिबन्ध लगाउनु हुँदैन। विनी भन्छिन्-'स्कर्ट लगाएकाहरूलाई मात्र नभएर अन्य पहिरनमा हिँडेकी राम्री र चिटिक्क परेकी युवतीलाई कसले जिस्क्याउँदैन र ?' मुन लाइट हाइयर सेकेन्डरी कलेज, लगनखेलकी १७ वषर्ीया विमला पुरीलाई सयमा एक प्रतिशलले मात्र पढाइमा भन्दा छोटो स्कर्ट वा फेसनमा ध्यान दिन्छन् भन्ने लाग्छ। उनको विचारमा यसले शिक्षामा असर पार्दैन र यसलाई सरकारले रोक्नु पनि हुँदैन। एक जनाको गल्तीको भागिदार सबै हुनु हुँदैन। पुरी भन्छिन्-'स्कर्ट भन्दैमा एकबित्ताको पनि लगाउनु हुँदैन। हाम्रो कलेजमा स्कर्ट लगाउन पाइन्छ तर लम्बाइमा मापदण्ड तोकिएको छ।' पुरीले भनिन्-छोटो पहिरन लगाएर डेटिङमा गएको पनि पाइन्छ। त्यसले कलेजलाई नै नराम्रो असर पार्छ। विद्यार्थीहरूले कलेजको नियमअनुसार चल्नुपर्छ। त्यसैले पहिरन सीमाभित्र रहेर लाउनु राम्रो हो। टाइट पहिरन लगाएकालाई बढी मात्रामा केटाहरूले जिस्क्याएको देखिन्छ। विद्यालय व्यवस्थापन र सरकारको पहलमा यो प्रतिबन्ध कार्यान्वयन भयो भने मलाई यसमा कुनै दुःख लाग्दैन।' १० कक्षामा अध्ययनरत १५ वषर्ीया दिव्या ढुंगाना स्कर्ट लगाए पनि धेरै छोटो लगाउनु हुँदैन भन्ने तर्क प्रस्तुत गर्छिन्। ढुंगाना भन्छिन्-'स्कुल पढ्न जाने हो छोटो स्कर्ट लगाउन होइन।' उनको अनुभवमा साडी-चोलो लगाउनेहरूलाई बढी नै जिस्क्याइएको पाइन्छ। स्कर्ट त सामान्य भैसकेको छ। सरकार संविधान बनाउनतर्फ नलागेर यस्ता झिना-मसिना कुरामा किन अल्भिmएको होला ?' फर्पिङकी १९ वषर्ीया प्रतीक्षा श्रेष्ठ स्नातककी छात्रा हुन्। श्रेष्ठ भन्छिन्-आफूलाई सजिलो हुन्छ भने स्कर्ट लगाउँदैमा केही फरक पर्दैन। पहिरन र शिक्षा एक-अर्कामा सम्बन्धित कुरा होइनन्। म स्कर्ट नसुहाउने भएकाले पाइन्ट नै लगाउँछु। स्कर्ट केटाहरूलाई आफूतर्फ आकषिर्त गर्नकै लागि लगाइन्छ भन्नु गलत हो। स्कर्टमाथि प्रतिबन्ध लगाएपछि विद्यालय पोसाकका लागि कस्तो कोड अफ कन्डक्ट बन्छ त्यसलाई स्वीकार गर्नैपर्छ तर सरकारले उचित तर्क प्रस्तुत गर्नुपर्छ। प्रतीक्षा भन्छिन्-'कारणसहितका धेरै राम्रा तर्क प्रस्तुत भए भने हामीले त्यसलाई मान्नुपर्छ तर हाम्रो तर्क बलियो भयो भने सरकारले पनि त्यसमा विचार पुर्याउनुपर्छ।'
RABIN BHANDARI