Site Announcements




Register and Login to Sanjaal Board to get access to exclusive contents including guitar tabs, high quality arts, glamor and photography pictures. New Users will be manually validated against spam database and potential advertisers. So this might cause your account activation to delay from a couple of days to few weeks. If you have Nepali/Indian/Pakistani/Bangladeshi names in your username, the user activation will be quicker. SPAMMERS WILL BE DELETED WITH NO MERCY

Article - Relationship - किन टुट्छ सम्बन्ध ?

From Here, There and Everywhere

Article - Relationship - किन टुट्छ सम्बन्ध ?

Postby rumblefish » Sat Aug 29, 2009 2:06 pm


भगवान्को सुन्दर सृष्टि माया, प्रेम जसको अभावमा संसार अधूरो हुन्छ । भर्खर जन्मिएको शिशुलाई यो संसारमा बाँच्नका लागि आमाको माया महत्त्वपूर्ण हुन्छ । त्यस्तै जीवनमा साथ दिनका लागि जीवनसाथीको प्रेमको आवश्यकता पनि उति नै महत्त्वपूर्ण हुन्छ । ओशोका अनुसार प्रेमभन्दा ठूलो कुनै विद्यालय छैन । त्यो प्रेम नै हो, जसले तपाईंलाई अरूसँग तथा अरूलाई तपाईंको सामीप्यमा ल्याउँछ ।
यद्यपि हाम्रो समाजमा त्यस्ता व्यक्तिको कमी छैन, जो नबुझेर हो अथवा प्रेममा दिनुपर्ने त्याग तथा बलिदानसँग डराएर हो, प्रेमदेखि टाढा भाग्न खोज्छन् । उनीहरू प्रेमको भावनालाई आफ्नो अगाडि आउन नदिन अनेक बहाना गर्छन् । प्रेमले मानिसलाई संसारभरको मीठो अनुभूति दिन्छ भने त्यो प्रेम नै हो जसले मानिसलाई मृत्युको सँघारसम्म पनि पुर्‍याउँछ । त्यो प्रेमको शक्ति नै हो जसमा हामी आफ्नो प्रेमका लागि संसारका सबै सुख हाँसी-हाँसी त्याग्छौं । तर जब यो प्रेम नै स्वार्थी हुन्छ, त्यसबेला यो नाफा-नोक्सानमा सीमित हुन पुग्छ र प्रेमबाट केही पाउने आकांक्षा राख्छ । यस्ता आकांक्षा तथा स्वार्थ भएको प्रेमको आयु कम हुन थाल्छ । यस्ता कम आयु हुने प्रेम साधारण व्यक्तिदेखि नेपाली चलचित्रका नायिकाहरूमा पनि छ । हामीले ती नायिकाहरूलाई सोधेका थियौं, आखिर के कारणले टुट्छ सम्बन्ध ?
सानोपर्दाबाट लोकपि्रयता कमाएकी नायिका सौजन्य सुब्बाको विचारमा माया-प्रेमको स्थान जब शंका तथा असमझदारीले लिन थाल्छ त्यहाँ प्रेमभन्दा घृणाले स्थान पाउँछ । सौजन्यले पनि आफ्ना श्रीमान्सँग सुमधुर जीवन बिताउने सपना सजाएर लामो समयको प्रेमलाई वैवाहिक बन्धनमा परिवर्तन गरेकी थिइन्, तर उनले वैवाहिक जीवनको सुमधुर सपनाको अनुभव राम्रोसँग बटुल्न पनि नपाउँदै वैवाहिक जीवनलाई पूर्णविराम लगाउनुपर्ने स्थिति सिर्जना भयो । सरकारी कर्मचारी श्रीमान्ले सौजन्यको पेसाप्रति गरेको शंका तथा असमझदारी नै उनीहरूको सम्बन्धविच्छेदको कारण बन्न पुग्यो । त्यसैले श्रीमान्-श्रीमती दुवैले एक-अर्कालाई विश्वास गर्ने, एक-अर्कामा समझदारी तथा भावना बुझ्ने भए मात्र वैवाहिक जीवन सफल हुनसक्छ भन्ने धारणा सौजन्यको छ । समाजले के भन्छ भनेर श्रीमान्-श्रीमतीले सम्झौताको जीवन बाँच्नुभन्दा स्वतन्त्र भएर खुसी रहनु राम्रो भन्ने उद्देश्य बोकेर आफूहरू छुट्टएिको सौजन्य बताउँछिन् । लामो समय सँगै रहँदा कहिले पनि अन्य कुरामा कुनै गुनासो तथा झगडा नहुने यो दम्पतीले तीन दिनभित्र छुट्टनिे निर्णय गरेको सौजन्यले बताइन् । जीवनमा आफूले सोचेजस्तो नहुने भएकाले अबको दिनमा आउने हरेक सुख-दुःखलाई उनी साहसपूर्वक स्वीकार गर्ने बताउँछिन् । सम्बन्धविच्छेद गरेको सुरुका दिनदेखि नै आफूले कुनै गल्ती नगरेको सोच बनाउँदै आएकी सौजन्यलाई आफ्नो सम्बन्धविच्छेद भएकोमा कुनै पश्चाताप छैन । भविष्यको कुरा भविष्यलाई नै छोड्न रुचाउने सौजन्य एक्लो जीवन बाँच्न नसक्ने कुरामा पनि उत्तिकै विश्वस्त छिन् । उनी भन्छिन्— ‘जीवनमा जीवनसाथीको साथको आवश्यकता जहिले पनि खड्किन्छ ।’ तर अहिल आफ्नो क्यारियर विकास गर्नेतिर सोचाइ रहेकाले अर्को विवाह अथवा त्यस्तो कुनै कुराको योजना नरहेको सौजन्यको धारणा छ ।
विवाहलाई सार्थक रूप दिन दुलाहा-दुलही भगवान् तथा आगोलाई साक्षी राख्दै समाजका अगाडि आफूलाई श्रीमान्-श्रीमतीका रूपमा चिनाउँछन्, तर त्यही सम्बन्धबाट छुटकारा पाउनका लागि भने कानुनको सहारा तथा साक्षीको सहयोग खोज्न थाल्छन् । सम्बन्धविच्छेदका मुद्दा हेरिरहेकी अधिवक्ता मीरा ढुंगाना यदि श्रीमान्-श्रीमती एक-अर्कासँग बस्दा निस्सासिने स्थिति आएको छ तथा वैवाहिक सम्बन्धले मायाको साटो यातना, यौन-हिंसाको स्थिति जन्माएको छ भने सम्बन्धविच्छेद गर्नु नै उपयुक्त उपाय हुन्छ भन्छिन् । यद्यपि कुनै समझदारीको अभावमा स-साना घटनालाई लिएर सम्बन्धविच्छेद हुन लागेको छ भने त्यस्ता केसमा आपसी समझदारी तथा कुराकानीबाट असमझदारी हटाएर वैवाहिक जीवन सफल पार्नु नै बुद्धिमानी ठहरिने ढुंगाना बताउँछिन् । महिनामा सातवटाजति सम्बन्धविच्छेदका मुद्दा हेर्ने मीरा ढुंगानाका अनुसार सम्बन्धविच्छेद हुनुको प्रमुख कारण पुरुषप्रधान समाज, विवाहको प्रकृति आदि छन् । केही समयअघिसम्म पनि एक सिन्कालाई दुई भागमा चिरेर अथवा मुस्लिम संस्कृतिमा तीन पटक तलाक शब्दको प्रयोगले सम्बन्धविच्छेद हुन्थ्यो । त्यतिबेला सम्बन्धविच्छेद गर्ने कानुनी चलन कम भए पनि मुलुकी ऐन ११ औं संशोधन भएपछि श्रीमान्को सम्पत्तिको एक भाग सम्बन्धविच्छेद हुनुअघि श्रीमतीलाई दिने कानुन पारित भएपछि धेरै यातना भोगेर बसेका श्रीमतीहरूले सम्बन्धविच्छेद गर्ने हिम्मत गर्न थाले । यो ऐनले विवाहपछि माइतीको अधिकारबाट वञ्चित भएकी महिलाले आफू तथा आफ्ना छोराछोरीलाई पालनपोषण गर्ने स्रोत हुने भएकाले आज महिलाहरू पनि सम्बन्धविच्छेदपछिको जीवन सुरक्षित नै हुनेमा ढुक्क छन् । एउटा पारिवारिक वातावरणमा हुर्किएकी युवतीलाई फरक तथा संयुक्त परिवारमा पुर्‍याउने हाम्रो वैवाहिक प्रकृतिका कारण पनि सम्बन्धविच्छेदलाई केही हदसम्म सहयोग पुर्‍याएको छ । वैवाहिक परम्परालाई श्रीमान्-श्रीमतीमा मात्र सीमित राख्दा सम्बन्धविच्छेदको स्थिति कम हुने तथा पुरुषले महिलालाई पनि क्षमतावान् तथा हरेक कुरा महिलाले पनि गर्न सक्छन् भन्ने सोच राखेर अघि बढे केही हदसम्म सम्बन्धविच्छेद हुने क्रम रोकिने अधिवक्ता ढुंगाना बताउँछिन् ।
सधैं सम्बन्धविच्छेदको कुरा निस्कँदा महिलालाई दोषी देख्ने हाम्रो समाजमा सुस्मिता परिवारको साथ तथा सहयोगले आज आफू खुसीसाथ बाँच्न सकेको बताउँछिन् । आफूलाई अहिलेको एक्लो जीवन अत्यन्त प्यारो लागेको बताउने सुस्मिता भविष्यमा कहिल्यै जीवनसाथीको आवश्यक नपर्ने बताउँछिन् । उनी भन्छिन्-’पुरुषहरू महिलाबिना बाँच्न सक्दैनन् तर महिलामा पुरुषबिना बाँच्न सक्ने क्षमता हुन्छ ।’ उनी आज धेरैले प्रेमलाई एउटा फेसनका रूपमा लिने गरेको बताउँदै प्रेमलाई फेसन होइन, यथार्थको धरातलमा हेर्नुपर्छ भन्छिन् । नायिका कार्की प्रयोगका लागि होइन, साथका लागि माया गर्नुपर्छ भन्ने सुझाव अबका प्रेमी-प्रेमिकालाई दिन चाहन्छिन् ।
प्रेमलाई आकर्षण, शक्ति, जीवन बाँच्नका लागि आवश्यक महत्त्वपूर्ण अक्सिजनका रूपमा परिभाषित गर्ने नायिका सञ्चिता लुइँटेल विश्वास नै प्रेमलाई निरन्तरता दिने कडी भएको बताउँछिन् । प्रेममा समझदारी, विश्वास भएन भने त्यो प्रेमको कुनै अर्थ नरहने उनको विचार छ । जुन प्रेममा प्रेमी-प्रेमिकाले एक-अर्काको विचार तथा भावनालाई बुझ्न सक्दैनन् त्यो प्रेम लामो समयसम्म स्थायी रहन नसक्ने तर्क नायिका लुइँटेलको छ । उनको आफ्नो वैवाहिक जीवनमा पनि अविश्वासले स्थान बनाएपछि एक-अर्कालाई जीवनभर साथ दिने सारा बचनलाई तोड्नुपरेको थियो । आफ्नो परिवारसँग विद्रोह गरी आकाश साहसँग अन्तर्जातीय प्रेमविवाह गरेकी सञ्चिताको वैवाहिक सम्बन्ध लामो समयसम्म कायम रहन सकेन । प्रेममा विश्वास गुमेपछि जो-कोही प्रेमी-प्रेमिकालाई पनि दुःख हुनु स्वाभाविक नै हो । यही दुःखका कारण संसारमा सबैभन्दा पि्रय भनी रोजेको व्यक्तिसँग टाढा हुनुपरेको उनी बताउँछिन् । एक-अर्कामा कुनै कुराको विश्वास नरहेपछि समाजका लागि मिलेको नाटक गरी बस्नुको कुनै औचित्य नरहेकाले उनीहरू एक-अर्काबाट छुट्टएिर स्वतन्त्र तथा खुसी रहनका लागि सम्बन्धविच्छेद गर्ने निर्णयमा पुगेको सञ्चिताले बताइन् । सम्बन्धविच्छेद भएका सुरुका दिनहरूमा मानिसले कुरा काट्ने तथा एक्लो जीवन कसरी बाँच्नेजस्ता कुराले आफूलाई पिरोले पनि आज त्यस्ता कुनै अप्ठ्यारा नरहेको सञ्चिताको अनुभव छ । जीवनमा प्रेम गर्दा जुन विश्वास तथा माया हुन्छ त्यसलाई कम नगरी निरन्तर जीवनभर माया तथा विश्वास गर्नुपर्छ भन्ने सुझाव सञ्चिताको छ ।
Sanjaal.com is owned and maintained by Sanjaal Corps, Nepal. The company offers Webhosting and Domain Registration Services, IT Solutions and Business Analysis. Sanjaal.com website features H1B Visa Information, Entertainment Portal, Link Directory Service, Free Articles, Free Open Source Tutorials on Java and J2EE Platform, Digital Photography, High Resolution Picture Gallery and Free Reliable Image Hosting Services. Future plan includes Open Source Software Development Portal, Technical Solutions and Customizable Movie and Music Arena. We would be introducing data backup, data recovery, data hosting and voip solutions. Stay free from phishing - our website does not ask for your credit card and banking information. Happy Surfing!
rumblefish
Sanjaal Extremist
 
Posts: 1071
Joined: Sun Apr 12, 2009 10:21 pm


Similar topics


Return to Khichadi Central

Who is online

Users browsing this forum: No registered users and 1 guest

cron