Site Announcements




Register and Login to Sanjaal Board to get access to exclusive contents including guitar tabs, high quality arts, glamor and photography pictures. New Users will be manually validated against spam database and potential advertisers. So this might cause your account activation to delay from a couple of days to few weeks. If you have Nepali/Indian/Pakistani/Bangladeshi names in your username, the user activation will be quicker. SPAMMERS WILL BE DELETED WITH NO MERCY

Nepali Poem - Sadak - By Binod Khadka

Collection of Nepali Poems

Nepali Poem - Sadak - By Binod Khadka

Postby sweetangel » Sat Jul 18, 2009 12:56 pm



लमतन्न
नग्न
निर्लज्ज
कतै त्यो सडक त होईन ?
सम्मानित
संरक्षित
अनुशासनको प्रतिबिम्ब
कतै त्यो सडक त होईन ?
जस्तो जस्तो देश
त्यस्तै त्यस्तै रुप
जस्ता जस्ता मान्छे
त्यस्तै त्यस्तै प्रयोग
कतै देशको प्रतिबिम्ब
सडक त होईन ?


पूर्व र पश्चिम जोडिदिन्छ
पहाड र तराई भेटाईदिन्छ
गाँउ र शहर उठाईदिन्छ
श्रृजनाका लहरहरु चलाईदिन्छ
समग्रमा सडक
जीवनदाता हो मुक्तिदाता हो
सबै कुरा प्रयोगकर्तामा भर पर्छ
त्यसैले सडक एक यात्रा हो
गरिवीदेखि सम्पन्नतासम्मको
यात्रा कस्तो हुन्छ
यात्रीहरुमै निर्भर गर्छ
कतै यात्राकॊ प्रतिबिम्ब
सडक त होईन ?


सडकलाई खुल्लामन्च बनाए कि कसो
भाषण भजाएर खानेहरुले
सडकलाई हतियार बनाए कि कसो
हिस्रक जत्थाहरुले
सडक राजनिति गर्ने थलो होईन
बरु श्रृजनाको मेरुदण्ड हो
त्यसैले सावधान
सडकलाई कालो पोत्नेहरु
सडकलाई बालेर
सत्ता र शक्ति खोज्नेहरु
ईतिहास सधै अमर हुन्छ
मात्र पात्र फेरिन्छ
कतै ईतिहासकॊ प्रतिबिम्ब
सडक त होईन ?


सडकलाई सडक नै रहन देउ
श्रृजनासंग नछुटयाँउ
सडकलाई सडक नै रहन देउ
अविरल यात्रावाट नविथोल
एउटा लामो यात्रा अझै बाँकी छ
विचार सिद्धान्त र व्यवहारहरुमा
अभावदेखि सम्पन्नतासम्मको ।



sweetangel
 
Posts: 721
Joined: Sun Feb 22, 2009 9:36 pm


Similar topics


Return to Nepali Poems

Who is online

Users browsing this forum: No registered users and 1 guest

cron