Site Announcements




Register and Login to Sanjaal Board to get access to exclusive contents including guitar tabs, high quality arts, glamor and photography pictures. New Users will be manually validated against spam database and potential advertisers. So this might cause your account activation to delay from a couple of days to few weeks. If you have Nepali/Indian/Pakistani/Bangladeshi names in your username, the user activation will be quicker. SPAMMERS WILL BE DELETED WITH NO MERCY

Nepali Poem - युगसँग - By मणिराज सिंह

Collection of Nepali Poems

Nepali Poem - युगसँग - By मणिराज सिंह

Postby redvirus » Tue Jul 07, 2009 8:21 pm

कथाका पात्रहरूझैँ रूप फेरेर
माया लाउने
आँट त छ मभित्र
तर
अप्ठ्यारोमा, हलो अड्काएर
गोरु चुटेझैँ
म आˆनै उडानहरू
निमोठ्दैछु पटकपटक ।

जताततै अभाव देख्ने
मेरा नयनहरूलाई
पूर्णताले मगमगाउने
एउटा योद्धा
जन्माउने चाहना
नभएको त होइन
तर डर लाग्छ
खरको झुपडीलाई
महल बनाउने सङ्कल्प स्याहार्दा
कतै सुकुम्बासी बनेर
सडकको किनारमा
उत्तानो पर्नुपर्ने त होइन
कोलाहलपूर्ण वातावरणमा
शान्तिको सद्बीज छर्न सक्ने
क्रान्तिको ज्वालालाई
समुन्नतिमा परिवर्तन गर्न सक्ने
एउटा लायकको
सन्तान त चाहिएको थियो
तर भूलवश
तिथिमिति बिगि्रएर
मतिभ्रष्ट/पथभ्रष्ट
कुपुत्र जन्मियो भने
नयाँ नेपाल बनाउने
शुभमूहर्त छोपेर
एउटी गुणवती, रूपवती, सीपवती
सुकन्या जन्मोस् भन्ने
चाहना पनि नभएको त होइन
तर
डर लाग्छ
समाजकै कलङ्क बनेर
कुलकै बदनाम गर्ने
कुलच्छिन भइन् भने

-इमाडोल, ललितपुर



redvirus
 
Posts: 345
Joined: Mon Jul 06, 2009 9:51 am


Similar topics


Return to Nepali Poems

Who is online

Users browsing this forum: No registered users and 1 guest