Site Announcements




Register and Login to Sanjaal Board to get access to exclusive contents including guitar tabs, high quality arts, glamor and photography pictures. New Users will be manually validated against spam database and potential advertisers. So this might cause your account activation to delay from a couple of days to few weeks. If you have Nepali/Indian/Pakistani/Bangladeshi names in your username, the user activation will be quicker. SPAMMERS WILL BE DELETED WITH NO MERCY

Poem - Samyukta Shrestha - Kathmandu Ko Kaal Raatri

Collection of Nepali Poems

Poem - Samyukta Shrestha - Kathmandu Ko Kaal Raatri

Postby sweetangel » Thu Jun 11, 2009 5:20 pm



अँध्यारो आकाशले
पूर्णीमा ओकल्न नसके पछि
जूनकीरीहरूसँग उज्यालोको वीडो थाम्दै
हामी जुटेका छौ
काठमाडौको कालरात्री काट्न !

रानीपोखरीका हाँसहरू झैँ छरपुस्टिएका,
गौरव र खिन्नताका
हाम्रो इतिहासका पानाहरूलाई
चिविङ् गमले चपक्क टाँस्यौ
अनि,
ठमेलको ठेलमठेलमा हामी फर्केका छौ
ईन्टरनेटझैं अनकण्टारबाट
आफैले चिन्न छाडेको आफ्नो स्वरमा
चुरे चहराउने गरी चित्कार्न।

अलिकति उज्यालो
स्वयम्भूसँग सापट माँगी
पुतलीसडकको कालो बादल
सिनित्त पारी बडार्न
परिवर्तनको तीखो कलम हामीले उठाउनु छ।
अहो! लामो कालरात्री काट्नु छ।

हामी सँधै जुट्यौं
एक आपसमा जुध्नलाई;
जुध्न हैन अब 'जुझ्न'लाई जुट्नु छ
धरहरा सरी धुरिंदै गएका
कालरात्रीका अँध्याराहरू विरूद्ध।
नतिखारिएका कलमहरू
र कुन्ठित हाँसोहरू विरूद्ध !
नसुनिएका आवाजहरू
र भौंतारिँदा जूनकीरीहरूसँग,
अहो! हामीले निकै लामो कालरात्री पो काट्नु छ।

sweetangel
 
Posts: 721
Joined: Sun Feb 22, 2009 9:36 pm


Similar topics


Return to Nepali Poems

Who is online

Users browsing this forum: No registered users and 1 guest