Site Announcements




Register and Login to Sanjaal Board to get access to exclusive contents including guitar tabs, high quality arts, glamor and photography pictures. New Users will be manually validated against spam database and potential advertisers. So this might cause your account activation to delay from a couple of days to few weeks. If you have Nepali/Indian/Pakistani/Bangladeshi names in your username, the user activation will be quicker. SPAMMERS WILL BE DELETED WITH NO MERCY

Nepali Poem - Jayanti Spandan - Kina Rundai Chhan Atma Haru

Collection of Nepali Poems

Nepali Poem - Jayanti Spandan - Kina Rundai Chhan Atma Haru

Postby cosmiccollisions » Sun Aug 30, 2009 8:01 pm



सडकका पेटी-पेटीबाट
असङ्ख्य मानव आत्माहरु
पाइतालै पिच्छे निःशब्दता बोकेर
स्वपीडन र परपीडनको व्यथासँगै
प्रश्नवाचक आँखाले सोधिरहेछन्
"हाम्रो देश खोइ -"

इज्जत र समृद्धिको मातमा
क्रान्ति र अस्तित्वको नाममा
मेरो देशमा किन घट्छन् ?
हारजङ र खाराहरु
देशभित्रै किन रुन्छन् ?
रुकुम र नौमूलेहरु
किन घोप्टो पर्छन् ?
बिचौर, तारुक र टक्सारहरु
आर्यघाट ! कति माग्छौ मेरा प्रियजनका लासहरु !

जननिर्वाचित सरकारको प्रजातन्त्रमा
बहुदलिय व्यवस्थाको सोकेसमा
किन लुक्छन् ?
धमिजा र लाउडाहरु
किन रोकिन्छन् ?
महाकाली र कालापानीहरु
भोकले किन चिच्च्याउँछन् ?
कालीकोटे र हुम्लीहरु

देशमुक्ति र क्रान्तिका नाममा
बुद्ध र बुद्धत्वको ध्वजा फहराएको मेरै देशमा
को हुन् युद्ध रच्नेहरु ?
को हुन् मानव संहार गर्नेहरु ?

सडकका दुवै किनाराबाट
चिच्च्याई-चिच्च्याई मलाई सोधिरहेछन्
अनेकौँ बटुवाहरु
हाम्रो देश कता गइरहेको छ ?
कता भास्सिइरहेछ ?
खै, को तम्सिरहेछ समाधानको खोजी गर्न ?

source: nepalikavita.com

cosmiccollisions
 
Posts: 410
Joined: Mon Jul 06, 2009 9:52 am


Similar topics


Return to Nepali Poems

Who is online

Users browsing this forum: No registered users and 1 guest

cron