Site Announcements




Register and Login to Sanjaal Board to get access to exclusive contents including guitar tabs, high quality arts, glamor and photography pictures. New Users will be manually validated against spam database and potential advertisers. So this might cause your account activation to delay from a couple of days to few weeks. If you have Nepali/Indian/Pakistani/Bangladeshi names in your username, the user activation will be quicker. SPAMMERS WILL BE DELETED WITH NO MERCY

Nepali Poem - Narayan Shrestha - Jun Nibheko Shahar

Collection of Nepali Poems

Nepali Poem - Narayan Shrestha - Jun Nibheko Shahar

Postby cosmiccollisions » Sun Aug 30, 2009 7:54 pm



यो जून निभेको शहर
उचालिएर भूईबाट तल झरेको पानीको फोका
पट्ट पट्ट फुट्छ आकार बस्तीमा
यहाँ हुनै सक्दैन उखर्मालो घामको बस्ती
कोही उठ्ने छैन पानीजस्तै सोलोमनको मुटु लिएर
कतै छैनौ तिमी शून्य आकारमा पनि

सनिलको घाम जस्तै थाकिसकेँ म
अब सबैले ग्रिटिङ कार्ड जस्तै सम्झना किन्नेछन् यो रातका लागि
त्यो हावाको आकार जति पनि
पहिले जस्तो केही छैन काँचो मासुको गन्धबाहेक
कङ्काल उभिएको यो शहरमा
आगोको लप्कासँग मायाको कुनै फ्लेभर छैन
तिमी छैनौ र मेरो हुनुको पनि अब कुनै अस्तित्व छैन

क्वान्टमको प्रिन्सिपलसँग परिणत गर्छ आफूलाई इलेक्ट्रोनहरुमा
इलेक्ट्रोनहरु बिजुली बोकेर भाग्दैनन् तारमा
निस्फिक्री लम्बिरहने तारमा झुण्डिएको उज्यालो
टुक्र्याएर उज्यालोलाई टुक्रा टुक्रमा
जति प्रयास गरे पनि
जति पश्चाताप गरे पनि
टेलिफोनको तारजस्तो मुटु छैन मसँग
जसलाई रिसिभरमा जोड्न सक्थेँ
र इःकार्डमा पठाएको जस्तै प्रेम प्रस्ताव हेरेर
बिना प्राप्ति एक दिन काड्न सक्थें

यो जून निभेको शहर
सडक सडकमा रगत छचल्किएर पोखिन्छ
बगरेको जोखाइसँग तौलिएर आफूलाई
ब्रोइलरको मोटाइसँग पनि पुग्न नसक्ने
कस्तो कस्तो क्रोनिक विन्दूमा
सुकेको खरुकीजस्तो अस्थिपञ्जर
कुदिरहेको सडकमा नून छोएको जुका जस्तै
कतै नपोखिएको विकिरण सोहोरेर
सब्बै संसारको एउटा भड्खारो मरै नजिक उभिएको छ
फूलको सौर्न्दर्य स्क्रिनमा हेरेर
रोमाञ्चित रोमाञ्चित मुद्रामा म
खैरो सुकेको कोठैमा संसार घुमिरहेछु
र संसार घुमाइरहेछु ग्लोब जस्तै !
कुनै मदनहरुलाई नपर्खेको अप्रतिक्षित शहर
कहिल्यै हुन नसक्ने ओर्गाज्यमको स्वरैकल्पनामा
मस्त शहर
आकाशको सात जून चमारसँगको युद्धमा
लखेटिएको थाहा पाउँदैन !

Source: nepalikavita.com

cosmiccollisions
 
Posts: 410
Joined: Mon Jul 06, 2009 9:52 am


Similar topics


Return to Nepali Poems

Who is online

Users browsing this forum: No registered users and 1 guest